नियम २०
मूल नियमावलीको नियम ३३ मा संशोधन
मूल नियमावलीको नियम ३३ को सट्टा देहायको नियम ३३ राखिएको छ ः–
“३३. स्तर वृद्धि ः यो नियम प्रारम्भ भए पछि ऐनको दफा २४घ२. बमोजिम श्रेणी विहीन
निजामती कर्मचारीको स्तर वृद्धि गर्दा सोही दफाको उपदफा (३) बमोजिमको सेवा
अवधि पूरा भएको भोलीपल्टदेखि लागू हुने गरी स्तर वृद्धि गरिनेछ ।
तर ऐनको दफा १८ङ. बमोजिम सजायको अभिलेख रहेकोमा सोको समयावधि
समाप्त भएको भोलिपल्टदेखि लागू हुने गरी स्तर वृद्धि गर्नु पर्नेछ ।”